556 HIKES and counting

Top Stories

sudhir

HIKE

टाईसुटभित्र अल्झिएको दुःख

EverestUncensored गुड मर्निंग सर ! हाउ वाज योर ट्रिप ? भनेर सफा सुग्घर कपडामा सजिएकि हसिली फरासिली युवतीले सोध्दा होटलमा बस्न आउने बिदेशी वा स्वदेशी पाहुनाहरु आत्मीय भावनाको आभासका साथ खुशी हुन्छन । पाँच तारे होटलदेखि ताराबिहिन होटलहरु लगायत पर्यटकीय क्षेत्रका फास्ट फुडहरुले आफ्ना अतिथिहरु आकर्षित गर्नका लागि कर्मचारीहरुको यो बाह्य कलालाई निकै प्रश्रय दिएको पाइन्छ । भवनको सजावट र सफासुग्घर तथा टाईशुटमा जमेका कर्मचारीहरुको हाउभाउ देख्दा जो कसैलाई पनि उक्त स्थान आकर्षक लाग्न सक्छ ।

sudhir

HIKE

फेवाताल भर्सेस् नैनीताल

EverestUncensored नारयणि नदिदेखि पश्चिमको बिबिधता संगाल्दै नेपालको पश्चिम अन्तिम सिमा महाकालि नदी पार गरेपछि भारतको प्रमुख पर्यटकिय शहर नैनिताल आउंछ । बनबासा पार गरि हल्दावनी भन्ने ठाउँबाट शुरु हुने पहाडी सडकको सम्भार तथा संरक्षण देखेर नेपालका रुग्ण सदकहरुप्रति दुखः लागेर आउँछ । हाम्रा वीर सहीद बलभद्रको वीरताको ध्वनी प्रतिबिम्बित भइरहेको कुमाउँ, आल्मोडालाइ ताढैबत हेर्दै नैनिताल आइपुग्दा बेग्लै किसिम्को आनन्द आउँछ । फेवाताल भन्दा केहि सानो नैनिताल त्यहांको ब्यबस्थपन शैलीले मात्रै फेवाताल्लाइ पछाडी पार्न सफल भएको छ । नत्र अरु सबै कुराहरुमा फेवाताल र नैनितालबिच केहि फरक छैन । तर पोख्रेलिहरुले नैनितालनाट सिक्नुपर्ने कुरा धेरै छन ।