609 HIKES and counting

Top Stories

OpenAkash

HIKE

Software Freedom Day 2009 : September 19

सँधै को झैँ यसवर्ष पनि सेप्टेम्बर १९ का दिन संसार भर “FOSS for Enterprise” भन्ने नाराका साथ Software Freedom Day 2009 मनाइँदै छ । सेप्टेम्बर १९ अर्थात असोज ३ गते, नेपालमा पनि Software Freedom Day मनाउन FOSS NEPAL ले जोडतोड का साथ तयारी गरिरहेको छ । विश्वव्यापिकरण र बजारीकरण सँगै, कम्प्युटर अनि सफ्टवेयरहरु मा पनि प्रतिस्पर्धा देखिएको छ । बढ्दो बजारीकरण सँगै अस्वस्थ प्रतिस्पर्धा बढेको छ, अनि कुनै समूह विशेष या व्यक्ति विशेष कै सफ्टवेयर तथा कम्प्युटर नै प्रयोग गर्न प्रयोगकर्ताहरुले अप्रत्यक्ष दबाब झेल्नुपरिरहेको छ । यसै कुरालाई मध्यनजर राख्दै खुल्ला तथा स्वतन्त्र सफ्टवेयर मा विश्वास गर्ने युवाहरु को पहल मा FOSS NEPAL नामक संस्था को स्थापना गरिएको थियो ।

सन् २००५ देखी नेपाल मा FOSS NEPAL ले Software Freedom Day मनाउँदै आएको छ । खुला तथा स्वतन्त्र सफ्टवेयरहरु को प्रयोग गर्नुपर्छ भन्ने मान्यता का साथ अघि बढेको FOSS NEPAL को नियमित इभेन्ट अन्तर्गत यसबर्ष पनि Software Freedom Day सेप्टेम्बर १९ का दिन मनाउन लागिएको हो ।

सेप्टेम्बर १९ का दिन Software Freedom Day मनाउन विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ । कम्प्युटर तथा सफ्टवेयर मा रहेको एकाधिकार तोडिनुपर्छ भन्ने मान्यता का साथ आयोजना हुन गइरहेको कार्यक्रम मा निम्न कुराहरु समेटिनेछन् :

  • Registration
  • Open Enterprises, Open Space (Come – Sit – discuss)
  • Satasat GB
  • OSCN project showcase
  • Documentary Show
  • Signature Campaign
  • Open Enterprises Demo
  • FOSS Quiz
  • Games on GNU/Linux
  • Enterprises Application Demo
  • Presentation from FOSS Enthusiasts

यसका साथै,सँधै को झैँ सेप्टेम्बर १८ को साँझ माइतिघर मण्डला मा दिप प्रज्जवलन गरिने छ । Open Source Software को उपयोगिता अनि प्रयोग का बारेमा सर्वसाधारणलाई बुझाउनु नै इभेन्ट को मुख्य लक्ष रहेको छ । अत: यसै ब्लग मार्फत सम्पुर्ण व्यक्तिहरुलाई सेप्टेम्बर १९ मा यलमाया केन्द्र पाटनढोकामा सफ्टवेयर फ्रिडम डे मनाउन हार्दिक आमन्त्रण गरिन्छ ।

Event: Software Freedom Day
Date: 19th September 2009 (असोज ३ गते शनिवार)
Time: 9:00 AM Onwards
Venue: Yala Maya Kendra, Patan Dhoka, Lalitpur
Host: FOSS Nepal

FOSS Nepal के हो ? Software Freedom Day किन मनाइँदै छ भन्ने कौतुहलता छ भने यहाँ बाट जानकारी प्राप्त गर्न सक्नुहुन्छ । स्मरणिय रहोस्, विगत का २ श्रृंखला मा FOSS Nepal को प्रस्तुती उत्कृष्ट रहेकोले, विश्वभरिनै मनाइएको Software Freedom Day बाट FOSS Nepal सर्वोत्कृष्ट घोषित भएको थियो। अत: त्यही मान्यतालाई कायम राख्न FOSS Nepal अहिले गृहकार्यमा जुटिरहेको छ,साथै तपाई पनि साथ र सहयोग गर्न इच्छुक हुनुहुन्छ भने FOSS Nepal को ढोका तपाइ को लागि सँधै खुल्ला रहेको छ ।

0 thoughts on “Software Freedom Day 2009 : September 19

Leave a Reply