नयाँ सालमा
हर्षले मन रमाउँछ कि नयाँ सालमा
किरण सुनौलो उदाउँछ कि नयाँ सालमा ।
अन्योलतामै अल्झिएको गतिशुन्य जिन्दगी
बिघ्न बाधा हराउँछ कि नयाँ सालमा ।
झरी काँ छेकिन्छ र ओत लागेर कसैको
आत्मविश्वास जगाउँछ कि नयाँ सालमा ।
हजारौंको भिडमा पनि, म एक्लै रहेछु
साथ दिने कोही सजाउँछ कि नयाँ सालमा ।
शिखर चुमी सफलताको उत्साह र उमंगको
मन्द पवन बहाउँछ कि नयाँ सालमा ।
– माधव (1st January 2010)
Happy new Year to all of U Your dream may come true
HAPPY NEW YEAR TO ALL . All your dream come to true.
May The Year 2010 Bring You All the Happiness, Success and be Filled with Hope, Peace & Togetherness in Your Family & Friends….
Wishing You a Very Wonderful and Delightful Year 2010….