जे जे माग्यौ सबै दिएँ रित्तो बनाइदियौ
वाचा वन्धन कसम सबै भित्तो लगाइदियौ ।
सपनीलाई विपनीमा सजाउने चाह थियो
भताभुङ्ग भयो अर्कै संसार सजाइदियौ ।
जन्म जन्म सँगै जिउने सँगै मर्ने भन्थ्यौ
बेसहारा भएँ आज एक्लो गराइदियौ ।
अजम्बरी माया भन्थे डाहा गर्थे कस्तो
अविश्वासी रैछौ मेरै विश्वास बगाइदियौ ।
सकेनछु चिन्न तिम्लाई गल्ति मेरै रैछ
लज्जित छु म आज आफै सँग हराइदियौ ।
जे जे माग्यौ सबै दिएँ रित्तो बनाइदियौ
वाचा वन्धन कसम सबै भित्तो लगाइदियौ ।
ati ramro..
ati sundar..
yesari ni gazal lekne gara timi ek din awasya thulo gazalkara nischit bhanne chau..
he he..
Thank you all for the encouraging comments. Ayush ur reply is दामी 🙂
gazal padhe, ramailo lagyo
malai pani kei lekhne ichhya jagyo
yestai gari lekhdai garnu,
prerana dindai agi badhnu,
keyboard dwara pokhdai garnu bhawana
yehi chha mero mann dekhi ko kamana
ani ritto nai hune gari sbai dinu bhaena ni,,,aajkal kasailai esari biswas garnu aafanai murkhata huna jaanchha..
अजम्बरी माया भन्थे डाहा गर्थे कस्तो
अविश्वासी रैछौ मेरै विश्वास बगाइदियौ ।
yo line chai saarai impressive lagyo malai.
Keep it up
राम्रो गजल … तर रित्तो नै भएको हो त ?
keep it on madhav but kahile kahin ali yesso comic pani lekhnu paryo jahilyai sad sad matrai………….
All,
पहिलेका दुई चार सिर्जनालाई नजानेरै गजल भनेँ, गजल लेखनको मेरो पहिलो प्रयास यहाँहरु समक्ष प्रस्तुत गरेको छु, सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछु ।