एकजना सार्है कन्जुस युवक डेटिङ्ग गएको थाहा पाएर साथीभाईले जिस्काउँदै : के हो मोहन हिजो त तिमी मीरा सँग डेटिङ्ग गएको रे नि । मीरा लाई डेटिङ्गमा इम्प्रेस पार्न पैसा त खर्च भयो होला नि त हैन ?
मोहनं: भयो नि यार, लगभग एक हजार नै खर्च भयो ।
एक साथी मोहनलाई : जाबो एक हजार, म भएको भएत इ तीन हजार नै खर्च गर्थे आफ्नो गर्लपेण्डको लागि ।
साथीको कुरा सुनेर मोहन : म पनि गर्थे होला दुइ तीन हजार नै, तर के गर्नु मीरा सँग जम्मा एक हजार मात्रै थियो ।
****************************************
दारी काट्दै गरेको बिकुराम व्लेडमा कम धारा भएको देखेरै रुसिँदै आफ्नो श्रीमती सँग गुनासो गर्दै : बुझिस् बुढी आज काल त बजारमा सबै सामान नक्कली आउँन थाल्यो ल । हियो मात्र प्रयोग गरेको नयाँ व्लेड आज धार नै गैसक्यो ।
बिकुराम रिसाएको देखेर नजिकै बसेर लेख्दै गरेको छोरा बिकास : हैन होला अब मैले हिजो साँझमा छ वटा कलम सबै कस्तो मजाले तिखारेको थिएँ, हजुरको त्यो दारी काट्ने व्लेडले ।
****************************************
दाँत दुखेर हैरान भएपछि बिकुरामलाई श्रीमतीले फकाउदै दा:त उखाल्न किल्निक लगेछ तर बिकुराम दा:त निकाल्न सार्है डराएकोले श्रीमतीको सल्लाह अनुसार डेन्टिस्टले बिकु्रामलाई एक पेग हुस्की खान दिएछ र सोधेछ : बिकुराम अब त आँट आयो होला नि, दाँत उखालौ त ?
बिकुराम : डेन्टिस्ट साहेब मलाई त दा:त उखाल्ने भने पछि सार्है डरलाग्छ । बिकुरामको कुरा सुनेर डेन्टिसले डबल पेग हुस्की दिदै : ल यो खाए पछि चाँहि तँपाइलाई आँट आउँछ ।
डबल पेग खाएको बिकुराम एक छिन पछि डेन्टिस्ट सोधेछ : बिकुराम अबत आ:ट आयो होला नि हैन, उखालौ हैत दा:त ?
दाँत उखाल्न किल्निकको मेचमा बसेको बिकराम डेन्टिस्टको प्रश्न सुन्ने बित्तिकै : के रे मेरो दा:त उखाल्ने रे । मेरो दाँत छोएर त हेर म तेरो बाउको बङ्गरा झार्छृ म
****************************************
पारस आफ्नो घर नजिककै को किताब पसलमा गएर : साउजी तँपाईको पसलमा स्याउ छ ?
पारसको कुरा सुनेर साउजी : वावु यो किताब पसल हो, फलफुल पसल होइन त ।
दोस्रो दिन पनि पारस त्यहि किताब पसलमा गएर : साउजी तँपाईको पसलमा स्याउ छ ?
साउजी रिसाउँदै : हिजै मैले भनेको होइन यो किताब पसल हो, फलफुल पसल होइन भनेर । अब फेरी यो पसलमा तैले स्याउ किन्न आइस् भने तेरो टाउकोका म घनले हान्छु बझिस् ।
तेस्रो दिन पनि त्यहि किताव पसलमा गएर पारस : ओसाउजी तँपाईको पसलमा घन छ ?
साउजी : घन रे, छैन यो पसलमा घन ।
पारस : त्यसो भए तँपाईको पसलमा जोमसोमको स्याउ छ त ?
Mero Pani Himmat aayo … tara whisky le haina Jitu’Cha ko Jokes Padhera… Hahahahaha..
Thanks Jitu for sharing .. good laugh. Enjoyed.. Bikuram one.
#3 and #4 awesome!
last one in jyadai kada ho kada.
last one cool…..kada kada…