609 HIKES and counting

Top Stories

Jitu

HIKE

EU Friday Laughter 6

eu_laughter_inner1


अर्मीहरु बस्ने एउटा कार्यालयको ढोकाबाट छिर्न जो कोहिलाई पनि पार्सवर्ड बोले पछि मात्र प्रबेश गर्न पाउने नियम थियो । एक दिन अर्मीको सब भन्दा ठूलो हाकिम ले उक्त कार्यालयको ढोका ढक ढ्क्याए छ र ढोकामा बस्ने गार्डले प्वालबाट हेरेछ र हाकीम आएको थाहा पाए पछि पार्सवर्ड नसोधिकन नै तुरुन्तै ढोका खोलिदिए छ । ढोकाबाट भित्र आईसके पछि हाकिमले गार्डलाई नियम राम्रो सँग पालाना किन नगरेको भनेर गालीगर्न थालेछ ।
यो देखेर गार्डले भनेछ : हजुर ढोकाको चुकुल ब्रिगेको रहेछ त्यसैले ढोका ढक ढ्क्याए पछि आफै खोल्दो रैछ । नपत्याए हजुर बाहिर गएर फेरी ढोका ढक ढ्क्याउनुस् त ।
गार्डको कुरा सुनेर हाकिम बाहिर गएर ढोका ढक ढ्क्याउँन थालेछ, त्यतिकैमा गार्ड भित्रबाट ठूलो स्वरमा : पार्सवर्ड, प्लिज ।

****************************************
भान्छामा खाना पकाउँदै गरेकी मम्मी सँग पारस : मम्मी हिजो मलाई त्यो अगाडि घरको डार्लिङ्ग अन्टीले दुई वटा ठूलो चकलेट दिनु भएको थियो नि । चकलेट कस्तो मिठो थियो ।
पारसको कु्रा सुनेर हाँस्दै : डार्लिङ्ग अन्टीरे, त्यो अन्टीको नाम त रेखा हो, डार्लिङ्ग होइन त ।
पारस : त्यो अन्टीको नाम डार्लिङ्ग होइन भने पापाले हिजो किन त्यो अन्टीलाई डार्लिङ्ग भनेर बोलाएको त ?

****************************************
रेखा अन्टी घरआएको बेला पापा पारसलाई फकाउँदै पारसलाई : म तिमीलाई दश रुँपैया दिन्छु तिमी घर वाहिरको चौरमा गएर खेल है त ?
पारस अलि रिसाउँदै : यो पापा त कस्तो कन्जुस छ भने, उता मम्मी चाँहि राजेश अंकल घरमा आउँनु भयो भने सधै मलाई बजारमा गएर आईस क्रिम खानु भनेर पचार रुँपैया दिनु हुन्छ ल ।

****************************************

अफिसबाट घर फर्केको बिकुरामसँग रिसाउँदै श्रीमती झगडा गर्न थालेछ । बिकुराम : हैन किन यसरी रिसाएको, झन माया गरेर हिजो मात्र मोबाइल फोन किनिदिए ।
श्रीमती झन रिसाउँदै बिकुरामलाई पिट्न थालेछ र झगडाको हल्लाले छर छिमेकीहरुनै जम्मा भएछ र किन झगडा गरेको भनेर सोधेछ ।
श्रीमती : घरमा श्रीमती हुँदा हुँदै मेरो श्रीमान बाहिर अरु केटी सँग घुम घाम गर्छ ।
श्रीमतीको कुरा सुनेर बिकुराम : हैन किन तिमीले मलाई यसरी शंका गरेको ।
श्रीमती : मलाई थाहा छैन भनेको होला, यदि तँपाई बाहिर अरु केटी सँग घुम घाम नगरेको भए आज दिँउसो मैले तँपाईको मोबाइलमा फोन गर्दा कसरी केटिके उठाएर, तँपाईले सर्म्पर्क गर्नु भएको मोवाइन अहिले व्यस्त छ केहि समय पछि पुनः प्रयास गर्नु होला भन्छ त ।

Leave a Reply