तीब्र गतीमा कार चलाएको देखेर मोटर साइकलमा सवार ट्राफिक प्रहरीले पिछा गरेछ । ट्राफिक प्रहरीले पिछा गरेको थाहा पाएपछि कार चालकले भाग्ने सुरमा कार झन तीव्रगतिमा कुदाएछ तर ट्राफिक प्रहरीले जसो तसो कारलाई रोक्न सफल भएछ । ट्राफिक प्रहरी कार चालकको सवारी परिचयपत्र खोस्दै : के हो नयाँ कार चलाएर मलाई जित्छु भन्थान्नु भाहोला होइन । किन सिमित गति नाघेर सवारी हाँक्नु भाको ?
कारमा सवार चाकल चुपचाप बसेको देखेकोले ट्राफिक प्रहरीले भनेछ : म निकै थाकेको छु र आजको यो मेरो अन्तिम डिउटीहो त्यसैले यदि तँपाईले मलाई कार किन तीब्र गतिमा हाँक्नुको कारण छोटो र मिठोमा जवाफ दिनु भयो भने म तँपाईको सवारी परिचयपत्र फिर्ता गर्छु र जरीवाना पनि छुट गरी दिन्छु । ल भन्नुस् किन तीब्र गतिमा हाँक्नु भो ?
कारमा सवार चाकल नम्र हुँदै : एक हप्ता अगाडि मेरो श्रीमती एक जना ट्राफिक प्रहरीसँग गेको थियो, म त त्यहि ट्राफिक प्रहरीले मेरो श्रीमती फिर्ता गर्न आको होकि भनेर भागेको नि ।
****************************************
चिया पसलमा एक जना ग्राहक चिया खान पसेछ । साउजीले एक गिलास चिया टेवुलमा ल्याईदिए छ । ग्राहक एक्कासि जङ्गदै : ओ साउजी म यो चियाको पैसा दिने वाला छैन ।
साउजी : किन र भाई ?
ग्राहक : तँपाई आफै आएर राम्रो सँग गिलासमा हर्र्नुस् । यस्तो झिंगा परेको चियाको पैसा पनि कसैले तिर्छ ।
साउजी : अब भाईले चिया जुठो गरीसक्नु भयो त्यसैले पैसा त तिर्नै पर्छ ।
ग्राहक : मैले चिया एक सक्र्को पनि लिएको छैन, किन पैसा तिर्ने ।
साउजी : एक सक्र्को पनि लिएको छैन भने, मैले चिया दिंदा गिलासमा दुई वटा भिंगा थियो, एउटा कहाँ गयो त ?
****************************************
बिकुराम एउटा रेडियो पसलमा गएर : ओ साउजी मलाई ठग्ने । यो रेहियोमा त खालि बिज्ञापन मात्र बस्दो रहेछ, नेपाली र हिन्दी गीतहरु बज्ने रेडियो दिनुस् त ।
JITUcha,
tasika bala nhi jokes yang.
I like first two jokes. Second on is even better.