609 HIKES and counting

Top Stories

Jitu

HIKE

EU Friday Laughter 4

eu_laughter_inner1

स्वास्थ्य उपचार गर्ने एक जना डाक्टर र कार वर्कसपमा काम गर्ने मोकानिक्सको भेट भएछ । डाक्टर : यो डाक्टरको काम भनेको पनि निकै गार्‍हो रेहेछ बा । कहिले पनि फर्सद नपाउने ।
मेकानिक्स डाक्टरको कुरा सुनेर : तँपाईलाई आफ्नो काम अरुको भन्दा गार्‍हो जस्तो लाग्नु गलत सोचाई हो । तँपाईको काम भन्दा त हाम्रो कार बनाउने काम दश गुणा बढी गार्‍हो हो नि ।
डाक्टर : कार बनाउने काम दश गुणाले बढी गार्‍हो रे, कसरी ?
मेकानिक्स : अब तँपाईहरु सयौ वर्षदेखि एउटै मोडलको जाँच गर्नु हुन्छ तर हामी भने प्रत्येक वर्षनयाँ मोडलको गाडी खोलखाल गरेर बनाउनु पर्छ । कुन पाटपुर्जा कता छ भनेर बुझनु कम गार्‍हो काम हो त ।

****************************************

बिकुराम बिहेको भोज खाएर घर जान बस नपाएपछि हिडेरै घर जाँदै थियो । लामो बाटो जानु भन्दा चिहानको छोटो बाटो हुँदै घर फर्किन सजिलो हुने भएको ले डर लागे पनि छोटो बाटो हुँदै घर जाने बिचार गरेछ । चिहान नजिकैको चौतारोमा बसिरहेको एक जना मानिसलाई देखेर ढुक्क हुँदै बिकुराम : म त यो बाटो घर फर्कौं कि नफकौ जस्तो भएको थियो धन्न तँपाईलाई चौतारामा देखेर ढुक्क भएँ । हुन त मैले कहिले पनि भूत प्रेत हुन्छ भनेर विश्वास गरिन तर यो बाटोबाट हिंड्दा धेरैले भूत भेटेकँ कुरा धेरै अगाडीदेखि सुनेको छु तँपाईलाई कस्तो लाग्छ ?
चौतारामा आराम गरिरहे बसेको मानिस : खोइ के थाहा मलाई यो चिहानमा मलाई गाडेको त जम्मा एक हप्ता भयो ।

****************************************

एक जना मानिस बसपार्कमा केहि महिना मात्र भएको सानो बच्चा बोक्दै बस कुरीरहेको थियो । त्यतिकैमा बच्चा सार्‍है बेस्सरी रोएपछी बच्चा बोक्दै गरेको मानिस: “शान्त रामु शान्त” तिमी आफूलाई सम्हाल, यसरी रीस गर्नु हुँदैन के, सम्हाल तिमी आफूलाई । शान्त बन के शान्त”
यसरी आफ्नो काखे छोरालाई त्यति धेरै माया गरेर फकाउँदै गरेको देखेर प्रभाबित भएर नजिकै उभिएर बस कुरीरहेको एक महिला : “तँपाई त सार्‍है असल बुवा हुनुहुदो रैछ, त्यस्तो सानो काखे छोरालाई पनि कति माया गर्दै सम्झँइ बुझई गरी छोरालाई फाकाउनु भएको” । आफ्नो बच्चालाई यस्तो माया गर्ने श्रीमान पायो भने त सबै श्रीमतीहरु कति भाग्यमानी हुन्थ्यो होला ।
(मानिसले बोक्दै गरेको बच्चालाई सुमसूम्याउँदै महिला) “त्यसो भए तँपाईले आफ्नो छोराको नाम रामु राख्नु भएको रैछ हैन ?”
मानिस अलि अकमक्काउँदै : “हैन हैन मेरो छोराको नाम त हरि हो । रामु त मेरो नाम ।”

Leave a Reply