615 HIKES and counting

Top Stories

Prati

HIKE

सहारा शुक्रवार

जीन्दगी मा हिंड्ने गोरेटो थिएन
केवल बगरको तीर थियो
पछाडि फर्कने चाहना थिएन
अगाडि छागो भीर थियो
ओठभरी हाँसो र खुशी थिएन
आँखाभरी नीर थियो
छातीभित्र एउटा मुटु त थियो
मुटुभित्र पनि झीर थियो

तर,
अनेक पीर को माझमा पनि
शुक्रवार चाँही सहारा भयो
सुरपान र घुमघाम दिने
यही एउटा बाहना भयो
निष्ठुरी को तितो याद
यो बारले बिर्साइदियो
स्मृतिपटमा अनौठो तरङ्गको
वर्षा यस्ले गराइदियो
तिमीद्वरा निमोठीएको प्रेम
पुन: संचारित हुनगयो
शुक्रवारको आगमनसगै
अरु नसोध के के भयो

0 thoughts on “सहारा शुक्रवार

  1. जीन्दगी मा हिंड्ने गोरेटो थियो
    केवल बगरको तीर थिएन
    पछाडि फर्कने चाहना थियो
    अगाडि छागो भीर थिएन
    ओठभरी हाँसो र खुशी थियो
    आँखाभरी नीर थिएन
    छातीभित्र एउटा मुटु त थिएन
    मुटुभित्र पनि झीर थिएन

    अरु आएन

  2. Prati ko kamle liyeko chha Shukrabar ko nam
    Srijana ra dridhata lai chha mero salaam!
    Sambhava bhaye yestai aru
    Punashcha paddha pam!!

  3. its mind blowing, it drove me crazy to leave office today at sharp 6 so i can make my evening colorful..cheers(D)

  4. Thanks for reminding me thats its friday. At last weekend is coming. Looking to enjoy this weekend.
    – Nice lines yar

Leave a Reply