नेपाली काग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संबिधानसभाको निर्बाचन स्थगित हुनसक्ने बताउनु भएको छ ।
उहाँले माओवादीले हतियारको बिषयमा बिबाद गरिरहेकोले चुनाव स्थगित हुन सक्ने बताउनु भएको हो । कोइरालाले नेपाल विद्यार्थी संघ मकवानपुरद्धारा हेटौंडामा आयोजित एक बिचारगोष्ठीमा यो कुरा बताउनु भएको हो । नेतृ कोइरालाले माओवादीमा हतियारको दम्भ जारी रहेको पनि दावी गर्नुभयो ।
नेतृ कोइराला प्रधानमंत्री गिरिजाप्रसाद कोइरालाकी पुत्री हुन । उनले पछिल्लो समयमा नेपाली काँग्रेसभित्र राम्रो पकड कायम गरेको मानिन्छ । तसर्थ उनको यस्तो भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।