615 HIKES and counting

Top Stories

EverestUncensored Correspondent

HIKE

संघर्षकी प्रतिमूर्ति मन कार्की

संघर्ष जीवनको अर्को नाम हो । सबैले आफ्नो जीवनमा संघर्ष गरेका हुन्छन् । यस्तै एक संघर्षशील नारी र संघर्षकी प्रतिमूर्ति मन कार्कीको जन्म वि.सं. २०३२मा भक्तपुरको चाँगु गा.वि.स.मा भएको हो । सानो छँदा गायिका बन्ने लक्ष्य लिएकी मन हाल आएर कानूनव्यवसायी भएकी छन् । बाबुको प्रेरणाबाट अधिवक्ता भएको बताउने मन बाबुलाई आदर्शको प्रतिमूर्ति मान्दछिन् । हाल उनी भक्तपुरको एउटा ल र्फममा काम गर्दै आएकी छन् ।

महिलालाई कुनै पनि पेशामा लाग्न कठिनाइ छ । उनले पनि थुप्रै बाधा अड्चन भोग्नु पर्यो । थोरै महिलाले मात्र …पढ्न पाउने समाजमा कानून विषय लिएर पढ्नु निकै ठूलो कुरा थियो । घरदेखि निकै टाढा क्याम्पस भएकाले विहान ४ बजे उठेर पढ्न जानुपर्ने त्यो पनि सल्लाघारीसम्म हिडेर । यस्तै क्याम्पस जाने क्रममा धेरै चोटी बाघसँग जम्का भेट भएको कुरा उनलाई सम्झदा पनि डर लागेर आउँछ । पढाइको साथसाथै अनुभव पनि यस पेशालाई चाहिने भएकाले उनले दुई वर्षसम्म अरुको र्फममा काम गरिन् । यसको दौरान उनले काम गरे पनि पैसा नापउने, कडा परिश्रम गर्नुपर्ने र पुरुष कानूनव्यवसायीबाट यौन शोषणको प्रयास हुने तीतो अनुभव बताइन् । यस पेशामा लागेपछि समयको ख्याल नहुने र राती राती घर र्फकनु पर्ने बाध्यताले गर्दा समाजबाट विभिन्न लाञ्छना लाग्न पुग्ने कुरा पनि उनी सुनाउँदछिन् । कति पटक गाउँमा आप\mनो कुरा काटेको सुन्दा पनि उनी त्यसलाई वास्ता नगरी पछि केही गरेर देखाउने दृढ विश्वास लिएर आप\mनो कर्तव्यपथमा लागी रहिन् । उनी यस पेशामा लाग्न घरपरिवारको अत्यन्तै सहयोग चाहिने कुरा बताउँछिन् । न्याय दिलाउने यस पेशाामा उनले अंश मुद्दाबाट प्रवेश गरेकी हुन् । यस मुद्दामा उनले सासूको नाममा बकसपत्र भएको सम्पत्ति खोतलखातल गरी बाजेले छोरा खराब भएकोले बुहारीको नाममा गराएको तथ्य पत्ता लाइन् । यसरी त्यो पैतृक सम्पत्ति भएकाले बुहारीलाई दिलाउन सफल भएकी थिइन् ।

नेपाल बार एशोशिएसनको सदस्यसमेत रहेकी मन अहिलेको अन्तरिम संविधानलाई राम्रो रहेको तर नारीलाई पहिलाको जस्तै कुण्ठित पारेको धारणा व्यक्त गर्दछिन् । जसरी रथको दुवै पाङ्ग्रा बराबर नभइकन ग्ड्न सक्तैन त्यसरी नै देश चल्नको लागि पनि महिलालाई ३३% नभई ५०% सहभागी गराउनु पर्ने विचार व्यक्त गर्दछिन् । अन्त्यमा महिला वर्गलाई संघर्ष सँग नडराइकन अगाडि बढ्न आह्वान गर्दै उनी अब लोग्नेले पाल्छ भन्ने मानसिकताबाट मक्त भई आप\mनो खुट्टामा उभिन सबै महिलालाई आह्वान गर्दछिन् ।

(The profiles in this series appear by the students of Mass Communication and Journalism at Madan Bhandari Memorial College Ratopul, Gaushala prepared as class room project. With a view to provide platform to the young writers and promote their writing skills, Everest Uncensored posts some of the exemplary profiles here.)
This Profile is prepared by Bhawana KC.

Leave a Reply