609 HIKES and counting

Top Stories

Kapil Raj Pandey

HIKE

यथार्थ

के खोज्दैछु के पाउनु छ ?
के पाई सके के गुमाउनु छ ?
लेनदेन त चलिरहन्छ बारम्बार
कि जोडनु छ कि घटाऊनु छ

तिमी मेरो रे म तिम्रो रे
हाम्रो प्रेम अमर छ रे
कति दोहोराउछौ यि शब्दहरु
कि झुकिनु छ कि झुक्याउनु छ

मर्छन कति अमरताको खोजी मा
बाँचछन कति प्रेम को बोझमा
चल्नेछ यो प्रथा निरन्तर यहाँ
कि फस्नु छ कि फसाउनुछ

नजिक ल्याएर मारछन कसैले यहाँ
सामिप्यतामा कसैको मर्छन यहाँ
दुरी त केवल एउटा वहाँना हो
कि मर्नु छ कि मार्नु छ

त्यही समय फर्केर आउन्न कहिले
सिक बाँच्न त्य्सैमा जे छ अहिले
हिजो र भोली त अन्धकार हुन सदा
कि भुल्नु छ कि भुलाउनु छ

0 thoughts on “यथार्थ

  1. कपिल को कबितामा छ अपिल
    मर्नु मराउनु देखि पाउनु गुमाउनुसम्मको
    मर्म बुज्न छ जटिल
    बुज्ने प्रकृयाको लामो लामो यात्रामा
    मनिस सोयम बन्दै जान्छ कुटिल
    अपिल कबितैबाट गर्दै गर्नु कपिल

  2. कपिल जि:
    पढेर खुशी लाग्यो तपाईंका पन्क्तीहर
    मेरा पनि छन यस्तै कथाहरु
    तर एउटा कुरा के् बुझे भने
    काम गर्नु छ कि गराउनु छ

Leave a Reply