609 HIKES and counting

Top Stories

Kapil Raj Pandey

HIKE

बहिस्कृत

तिम्रै अहँकार जोगाउन म नै तिरस्कृ्त
निभाउँदा पनि सारा कसम म नै बहिस्कृत

उपस्थितिको महत्व आँखामा देख्दा पागल हुन्थे
आज बेवास्थाको सुचिमा पहिलो म नै पुरस्कृत
निभाउँदा पनि सारा कसम म नै बहिस्कृत

झाल झेलमा पनि म माया नै देख्थे
आज अघाएरै मुक्ती मागे म नै अस्विकृत
निभाउँदा पनि सारा कसम म नै बहिस्कृत

मैले गरे सुरु अनत्यको समझदारी दुबइको थियो
आज त्यही फैसला चित्त बुजेन म नै अनिर्नित
निभाउँदा पनि सारा कसम म नै बहिस्कृत

प्रेममा प्राप्ती ले मात्र बिजयि बनाउदैन भन्थे
आज पाएर पनि गुमाउदा तिमीलाई म नै पराजित
निभाउँदा पनि सारा कसम म नै बहिस्कृत

तातो सासमा चेलेकोथ्यो धड्कन बिछोडमा पनि
आज हराएछ सुगन्ध मेरो म नै बिसर्जित
निभाउँदा पनि सारा कसम म नै बहिस्कृत
तिम्रै अहँकार जोगाउन म नै तिरस्कृ्त

Leave a Reply