मायामा तिम्रो जल्न आज राप खोज्न मन लाग्यो
पवित्र भनि गरेको प्रेममा पाप खोज्न मन लाग्यो
सिमा बाधेर गारिन्न् माया भन्ने हरु सुन
उनिसँग पार गरेको दुरिको आज नाप खोज्न मन लाग्यो
पवित्र भनि गरेको प्रेममा पाप खोज्न मन लाग्यो
छन् जीवनत छातीमा सयौले हानेका तिर् हरु
तैपनी आज तिम्रै नाममा खसेको बज्रपात खोज्न मन लाग्यो
पवित्र भनि गरेको प्रेममा पाप खोज्न मन लाग्यो
धमिलिदै जान्छन् यादहरु समयको धारमा परेपछी
तर आज आफ्नो शरिरमा तिम्रो अधरको छाप खोज्न मन लाग्यो
पवित्र भनि गरेको प्रेममा पाप खोज्न मन लाग्यो
सदैब निस्वार्थ पुज्ने प्रतिमा तिमी मेरो लागि
आज अघाएरै तिम्रो तारिफमा सराप खोज्न मन लाग्यो
पवित्र भनि गरेको प्रेममा पाप खोज्न मन लाग्यो
पोल्छ छाती आज पनी तिम्रो कसम् ले मेरो
मुक्ती पाउन संसार त्याग्ने धराप खोज्न मन लाग्यो
पवित्र भनि गरेको प्रेममा पाप खोज्न मन लाग्यो
मायामा तिम्रो जल्न आज राप खोज्न मन लाग्यो
GOOGLE [राप, पाप, नाप, छाप, सराप, धराप ..]..1 result found.
http://www.everestuncensored.org/1041/2007/05/28/%E0%A4%AA%E0%A4%BE%E0%A4%AA-%E0%A4%96%E0%A5%8B%E0%A4%9C%E0%A5%8D%E0%A4%A8-%E0%A4%AE%E0%A4%A8-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%8D%E0%A4%AF%E0%A5%8B/
BTW… K for Kabita & K for KADA…
Kada! Kabibar ghayal 😀
u got potential to be a good poet but not seeing ure wriitng lately.. k bho plz continue i love all ure poems.. would like to hear more from u
mutu chune gajal raicha man paryo wa wa wa
are you disappointed with Prem?
Here is one of my old ghazals with similar quafia.
उन्का सम्झनाका थलीमा धराप चिताएं !
मेरा याद अल्झी रहोस् भन्ने पाप चिताएं !
निक्कै नजीकै साथ बितायौ यो बरफ कुद्दै
हेलमेल बढ्यो र अंगालोको ताप चिताएं !
फैलिन सकिने सम्भाबना देखें मिलनमा
घाम भन्दा पारी धरातलको नाप चिताएं !
ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला
मैले बस् हाम्रो भबिष्यको बार्तालाप चिताएं !
सपना कजाउन कति निदाई मात्र रहुं ?
जगाउने आबाज उन्को पदचाप चिताएं !
great choice of words: राप, पाप, नाप, छाप, सराप, धराप ..
दामि छ, दामि !
Arey yaar waah waah….you never disappoint!!
Good Work Kapil jee.
If you can be economical with words, remove some of the redundents and make all of the lines equal with syllables, your creation has potential to be a good ghazal.