608 HIKES and counting

Top Stories

subin

HIKE

पानीमय शहर र होलीको निशाना

सुविन श्रेष्ठ/ललितपुर

मनका लहर पानीमय भएका छन् । परिवेश र समय होलीमय बनेका छन् । रंगीन शुभकामना अनि उत्साहहरु रंगमय देखिएका छन् । हुनपनि निकै समय पश्चात् होली दैलौमा टेकेको अनुभव संगालीरहेको छु । “तरपनि होली रंगविहिन बनेपनि मनविहिन हुनुहुन्न । खाली बैलुन र नभरिएको प्लाष्टिकले होली खेल्ने त होला नी । ख्वै पानी ? “यस्तै वाक्यहरु फेसबुकको पन्नामा लेखेको थिए हिजो । यतिखेरको होली खुशीस् यसकारणले पनि होला किनभने म स्वदेशबाट दुई बसन्त बाहिरिएको थिए । तत्कालीन बिदेश बँसाईमा महसुस गरिनु त परि जाओस् । कहिले कुन पर्व आयो कुन गयो । अनभिज्ञ परिवेश उतै नेपालको विमानस्थलमा छोडेको थिए । विदेशमा आखिर के हुनु र  आर्थिक उन्नतिका सोच अनि आरामीको कैयौ समयहरु । हुन त सहज पनि छैन विदेशमा काम । अपवाद भन्दा पनि हजारौ अनुमानबिनाको आँकडामा म प्रस्तुत भईरहेको छु अहिले यतिखेर ।

सन्दर्भ होली कै हो । म होलीको हालखबरतिरै केन्द्रित हुन चाहन्छु । आज पनि बिहानी भयो । घामको आगमनसँगै छतमा स्थानीयहरु देखिएका छन् । तर हिजैको रुपमा होईन । आज हातमा बैलुन र प्लाष्टिक लिएर । अब वरिपरिबाट आक्रमणको बिगुल फुकियो । अनि हानाहान भयो बैलुनको । शहरमा देखिएको होलीको यो दृश्य गजब रमाईलो थियो । सदा पानीको समस्यामा कराउने र लँडाई गर्नेहरु छतमा बाल्टीनका बाल्टीन पानी ओसारेका थिए । त्यही टोल हो जुनले हरेकपटक पानीको समस्या देखाउँदै आएको थियो । जसका घरका धाराबाट पानी कमै मात्र आउँन्थ्यो । तर यस्तो पानी सदुपयोगले शहरबाट शब्दहरु कोर्ने बाध्य बनाएको छ ।

टोलकै ईनारबाट पनि पानी झिकिएको होला । तर त्यो ईनारको पानीले दैनिकी चल्दैन थियो । तर आज त्यही पानीबाट रमाएका थिए छतमा उत्रिएका युवा र युवतीका दर्जनौ जमात । सफासुग्घरको नारालाई प्राथमिकता दिने उनीहरु ईनारको त्यस्तो फोहरपानीमा रमाएका त थिएनन् । आफैलाई प्रश्न गर्ने बाध्य भएँ के प्रत्येक घरमा होली भनेर खानेपानीले पानी वितरण गरेको हो की  वा घरघरमा मुहानै छ  ।

कतिका बैलुन निशानामय बन्यो । कतिका भने आत्मघाती पनि भए । युद्धबिरामको शंखघोष पनि गरियो तर पानीको पर्याप्तताले त्यो धैरैबेर कायम रहेनन् । पानीको हाहाकार रहेको यो परिवेशमा धन्न पानीको जगेर्ना र प्रस्तुतीले मन पनि भिजेको छ । होलीको दृश्य स्वादमा आँखा आन्नदित बनेको छ । होली संस्कृति जोगाउनका लागि हाहाकार भएको पानी पनि यति सहजै खर्चिएको देख्दा एउटै निष्कर्ष आयो । धन्न नेपालीहरु । आफ्नो संस्कृतिलाई संरक्षण त गर्दा रहेछन् ।

पानीदेशको एक कुनाबाट देश विदेशका मित्रवर्गहरुमा होली मनखोली स्वतन्त्र बन्नुस् । यही शुभकामना ।

अस्तु

Leave a Reply