615 HIKES and counting

Top Stories

Rising Sun AB

HIKE

परिचय

खोज्यौ मेरो परिचय भिड अनि एकान्तमा

सोध्दै हिड्यौ दुनिया लाई मेरो बारेमा

खोजिनौ आफ्नो मन भित्र सोधिनौ स्पन्दनलाई

सुस्तरी धड्कदैछु तिम्रो ह्रिदयमै

सबेरै सितका थोपा बनि तिम्रो मुहार भिजाउने

मै त हुँ गाजल बनि तिम्रा नयन सजाउने।

तिम्रो ओठको कोमलता जोगाउन आइ बस्ने

मै त हूँ लाली अनि सोर्ह श्रिङ्गार तिमीले घस्ने॥

तिम्रा मधुर बाणीँ बानि सास मा बास गर्ने

मै हुँ दन्ते मोहोनि सबैको मन हर्ने

कोमल पाऊमा तिम्रो सुस्तरि छन्कने

मैत हुँ पैजनि तिम्रो हर पाइला साथ चल्ने

तिम्रा नयनमा ज्योतिभै बसेको

मै त हुँ मोहनि तिमीले हाँसेको

म सङ्ग्लो दर्पण सुन्दरता छल्काउने

मै त हुँ प्रतिध्वनी तिम्रा सुस्केरा फर्काउने

म माया मनमा तिम्रो मौलाउने

म तिम्रो चाहाना खुसिमा तिम्रो रमाउने

म आँसु तिम्रो बेदना पगाली छल्केको

मै खुसि तिम्रो ओठमा आइ टल्केको

म तिम्रो अतित तिम्रा यादहरु सङ्गाल्ने

मै तिम्रो भविश्य तिम्लाई जीवनभर अँगाल्ने

म तिम्रो स्पर्श मै द्रिष्य तिम्रो द्रिष्टिको

मै त हुँ साछी यो सुन्दर श्रिष्टीको !!!

0 thoughts on “परिचय

Leave a Reply