तिम्रो सानो प्रयासको छोटो जमर्कोमा
कोही माथी उक्लदा
तिमीलाई तल झर्नु पर्दैन
मायाको आभास सृजन गरीदिंदा
तिमी रित्तो हुनु पर्दैन
प्रेमको जुक्ती र शक्ती सम्प्रेशण गर्दा
तिमी निरीह बन्नु पर्दैन
वैयक्तीक विचारको अतीक्रमण बन्दगर्दा
तिमी रुस्ठ रहनु पर्दैन
तिम्रो सानो प्रयासको छोटो जमर्कोमा
कोही माथी उक्लदा
तिमीलाई तल झर्नु पर्दैन
संकीर्ण बिचार र निरुत्साहीत हठ
छाडीदिंदा तिमी कुरुप बन्नु पर्दैन
मुक्त कंठमा कसैको प्रसंशा समेट्दा
तिमी तितो बन्नु पर्दैन
स्वच्छ नयंले तस्बीरहरु
कैद गर्दा तिमी रित्तो रहनु पर्दैन
तिम्रो सानो प्रयासको छोटो जमर्कोमा
कोही माथी उक्लदा
तिमीलाई तल झर्नु पर्दैन
Wonderfully positive attitude. Surely, a human being is very jealous of others’ progress. They have to overcome it and praise for the good thing. Such attitude will help ease the life of human beings in this material world.