610 HIKES and counting

Top Stories

subin

HIKE

चोरमार्गबाट पशुपति दर्शन र हराएको मोबाईल

सुविन श्रेष्ठ
पशुपतिनाथ उसैपनि चर्चामा आईरहन्छन् । कहिले भेटी विवाद कहिले भने पुजारी नियुक्तीको कुरा । पशुपतिनाथले जे भए’नि जसोगरे’नि सहेका छन् । त्यही चरणलाई बिस्रेर लाखौ दर्शनार्थीहरु शिवरात्रीको मध्यरात देखि ओइरिए पशुपतिको दैलौ टेक्न ।
भीड पनि जुलुश जस्तै । लथालिङ्ग र अव्यवस्थित । पशुपति प्रवेशका लागि मात्र लाईनको व्यवस्था । बाहिर चोक अनि चारै दिशातिर हुलमुल ज्यादा । पशुपति क्षेत्र प्रवेशको चारै नाकामा विशाल सुरक्षा । मुल सडकतिर मान्छेका व्यापक चहलपहल । तीनकुने बतीसपुतली अनि ज्ञानेश्वरबाट दर्शनार्थीहरु पैदलमा पशुपतिनाथ पुगेका थिए । पशुपति विकास कोषले गरेको प्रवेश व्यवस्था राम्रो थियो । तर यता ती सहज मार्ग छोडेर चोरमार्ग वा असहज मार्गबाट हजारौ दर्शनार्थीहरु पशुपति सम्मुख पुगेका थिए । यता प्रहरी र स्काउटका आँखा छलेर पनि पशुपतिनाथ सम्म पुगेका थिए सयौ दर्शनार्थीहरु । आखिर लामबद्ध हुदाँ रातै पर्ला । भरतपुर चितवनबाट आउनुभएकी राधा बाँनियाले भन्नुभयो । आज सकिन्न टाढैबाट दर्शन गरेर फर्किन्छु ।
पशुपति पुग्नका लागि राजधानीको शहिद गेट र रत्नपार्कमा गाडीको अभाव थियो । त्यसमा फेरि यातायातका चालकहरुले शुल्क आफै तोकिरहेका थिए । तरपनि पैसाको चिन्ता नगरी उनीहरु पशुपति पुग्नका लागि हतारिएका थिए । गाडी पनि ज्ञानेश्वर भन्दा उता जान दिइएको थिएन । चारैतर्फको यस्तो सुरक्षा व्यवस्थाले सम्भावित यातायात जामलाई घटाएको थियो भने अर्का तर्फ दर्शनार्थीहरु पैदल हिड्नुपर्ने बाध्यता भयो । पैदलको थकान नमार्दे फेरि घण्टौ लाईनमा बस्नुपर्ने परिस्थितीमा पनि भक्तजनहरु थकित देखिएका थिएनन् । पैदलपनि सहज थिएन पुरै सडकमार्ग बजार बनेको थियो । जयबागेश्वरी मार्ग बिचैैमा व्यापार अपार बनेको थियो । त्यस्तै सिनामंगल मार्ग पुरै अस्तव्यस्त थियो । एकअर्कामा स्पर्श नभई हिड्न मुश्किल थियो । असन जस्तै चार बजारका भीड एकैपटक ओईरिएको महसुस गर्ने सकिन्थ्यो । यसले लाईन बस्नेहरु र फर्कि्रएकाहरुलाई निकै सताएको थियो । गौशाला चोक पुरै मानव भेलले ढाकेको थियो । गौशाला मध्यभागको ट्राफिक पोस्ट दर्शकका लागि विश्राम पोस्ट बनेको थियो । 
पशुपतिमा बिशाल जनलहरको दृश्य रमाईलो थियो । सुरक्षा व्यवस्था आपतकालीन सुरक्षाका लागि रेडक्रस अनि स्वास्थ्य संस्थाहरु खटिएका थिए । धैरै स्थानमा पानी र नास्ता व्यवस्थाले दर्शनार्थीहरु खुशी देखिन्थे । प्रवेशका लागि कडारुपमा खटिएका स्काउटले राम्रंै काम गरेका थिए । यता फेरि छालाका जुक्ता निषेध गरिएता पनि त्यही स्थानबाट केही प्रहरीहरु निर्धक्क प्रवेश गरे । 
पशुपति दर्शनका लागि बसेका हजारौ दर्शनार्थीका लाईन वास्ता नगरी चोरमार्गबाट पसेकाहरु लाईनमा मिसिएर दर्शन गर्ने सफल भए । तर ज्यादा संख्यामा यो बढेपछि वागमती नदीको मध्यभागमा प्रहरी खटेर सयौलाई फर्काइयो ।
पवित्र वागमतीको जलबाट मुख धोएर पशुपतिको दर्शन भने औलाले गन्न सक्ने जतिले मात्र गरे । दुर्गन्धले मन नमानेको भन्दै दर्शनार्थीहरु यसबाट दुर-दुर रहे । भारतबाट आएका एक भक्तजनले घण्टौसम्म नदीभित्र रहेर प्रार्थना गरिरहँदा नेपाली दर्शनार्थीहरुका लागि हाँस्यपद दृश्य बनेको थियो । एक जना दर्शन गरेर फर्किएकाले सो दृश्य हेर्दे थुकेका थिए । किन थुक्नुभएको  मैलै प्रश्न गर्दा नाक छोप्दै दुर्गन्ध आएको भन्दै पुल छेऊबाट अलप भईन ।
यत्रो नेपाली दर्शनार्थी भरिएको आजको पशुपतिनाथ परिसर तीन/चार समुहमा मात्र विदेशी पाहुना देखिए । एक जोडी विदेशी पर्यटक बिचैबाट लामबद्ध भएर बसे । घण्टौ लाईनबाट अघि बढेका ती जोडी बिचैबाट निकालिए । अनि उनीहरु स्वतन्त्ररुपमा श्लेशमान्तन बनतिर यात्रा अघि बढाए । लाईनमा युवाहरुको संख्या ज्यादै कम थियो । कारण उनीहरुको जमघट भने बाबाको बसाँईतिर थियो । जहाँ बसेर नेपाली १० रुपैयाँमा मनलाई स्वर्ग पुर्याउने बुटीपान गर्दे थिए । वरिपरि मन व्याकूल बनाउने धुँवाको बादल बनेको थियो ।
पशुपतिनाथको शिवरात्री दर्शनयात्रा यस्तैै रहन्छ हरसाल । यो साल भने गत वर्षको संख्यामा दोब्बर देखिए । पशुपति यात्रामा अर्काे दृश्यमा नाङ्गाबाबा पनि आउँन्छन् । आफुलाई नागाल्याडबाट आएको बताउने बाबाहरु चर्चित दृश्य लिएर आउँन्छन् । अनि यो दिनभर त्यही दृश्यमा प्रस्तुत हुन्छन् । त्यही दृश्यमा सयौ युवाहरु घण्टौसम्म बाबाको वरिपरि रहे । सो दृश्य खिचिरहँदा मेरो मोबाईल चोरी भयो ।
यस्तै हुलमुल अनि दर्शन यात्राको बढ्दो चापमा शिवरात्री सकिएको छ । दिनभरकॊ शिव महिमा गायन रोकिएको छ । फेरि हिजोका दिनहरु जस्तै दर्जन दर्शनार्थी र एकाध जोडीहरुको उपस्थितीमा पशुपतिनाथ शुन्य रहनेछन् ।

मेरो थलोमा पशुपति यात्राका तस्वीरहरु

subin.photojournalsit@gmail.com

0 thoughts on “चोरमार्गबाट पशुपति दर्शन र हराएको मोबाईल

Leave a Reply