तापे तापुन् बल्ने खोडमा सबैजाना ।
पोले पोलुन् ताप्ने होडमा सबैजाना ।
बलियो सांठगांठ छ सजिलै नटुटेका
देखे देखुन् बिछोड, यो जोडमा सबैजना ।
सिधा हिडेरै गन्तब्य पुग्छु कसैगरि
कुरे कुरुन् भाड्न मोडमा सबैजाना ।
चिन्तन मननमा उज्यालो भबिष्य छ
दुखे दुखुन् बर्तमानको तोडमा सबैजाना ।
न किन्न सक्छन् न त लिलामै हुन्छु
बोले बोलुन् मूल्य करोडमा सबैजाना ।
तिन्का आखै आधा, म जे भरेको देख्छु
हांसे हांसुन् मेरो निचोडमा सबैजना ।
-मबि सिह
बष्टन