काज क्रिया सकिएको दूर्भाग्य फर्कि रह्यो ।
न निल्नु न थुक्नु अमृत घांटि सर्कि रह्यो ।
कति खेर मर्ला र सिनो खाने आशमा
जिउंदो जाग्दो सामु बुढो गिद्द पर्खि रह्यो ।
एकै पटक मात्र मर्छु भनि बाँच्ने मान्छे
पटक पटक मर्ने डरले तर्सि रह्यो ।
डुब्नु उत्रनुको दोसाँधको जहाज देखी
बेदनामा समुन्द्री सतह चर्कि रह्यो ।
सुनामीले सोत्तर पारेको आँगनमा
पानी तर्काउन जमीन फेरी थर्कि रह्यो ।
I recycled this ghazal.