उत्कर्ष भेट्न ओल्टाई पल्टाई रहेछन् गाताहरु !
कहानीको अन्त तिरबाट गायब छन् पाताहरु !
आत्माको नमूना देखाउन कैयौं झुठा खाताहरु
जति दिने हो त्यो भन्दा बढि नै लिन्छन् दाताहरु !
आकर्षणले मेरा नजीक जो आए उल्का भए सबै
बिकर्षणको सिद्दान्तमा मलाई रचुन् बिधाताहरु !
नियास्रो लागी लक्ष्मणरेखाका संकुचित हाताहरु
राम खोज्न निस्कंदा कलुषित हुंदा हुन् नाताहरु !