615 HIKES and counting

Top Stories

Mabi Singh

HIKE

गजल 13

नेपाली गजल – मबि सिंह

गुनकेशरि सुनाखरी भेटुं आफै भित्र

के पो खोज्नु अरु ? मन्जरी भेटुं आफै भित्र !

बिट्टाले अब सच्चा झुठ्ठा साबित नगर्ने

ठट्टा नहुने कचहरी भेटुं आफै भित्र !

पश्चाताप पखाल्ने पोखरी भेटुं आफै भित्र

ऊप्रान्त पाप रोक्ने प्रहरी भेटुं आफै भित्र !

मनभेद मतभेद होला र कसैगरि ?

स्तर सबैको उस्तै बराबरी भेटुं आफै भित्र !

काल- कोठरीको डरले म चुप रहन्न

दौंतरी सहितका नगरी भेटुं आफै भित्र !

भो दोहरीको पक्ष बिपक्षमा नबोलाउ

निरन्तरताको अन्ताक्षरी भेटुं आफै भित्र !

0 thoughts on “गजल 13

  1. Mabi,
    I find ur gazals very palpable n this one is no less……how i wish i cud write like u….
    wish u luck in findin the real self in u!!

Leave a Reply