609 HIKES and counting

Top Stories

ametya

HIKE

कथा सरदर नेपाली को

बिरक्तिएको जिन्दगी अब कती बिरक्तिने हो
खै मलाई के थाहा कहाँ गएर टुङिने हो
आसै आसको जिन्दगी आसै आश मा बित्ने भो
रोदन आसु नै भो कथा मेरो जिन्दगी को

हाँसो खोज्न हिंडेथे रोदन मेरो साथी भो
खै कस्लाई सुनाउ बेदना द्रब्य नै माथि भो
उत्तदायित्व छरे, कर्तव्य छरे, छरे बिउ शान्ती को
तर पनि उराठ छ जिन्दगी यसमा दोशी को?

मरभुमी तुल्य छ जिबन छैन मुहान कतै पानी को
जसो तसो ठेलिदै छ ठेला, यस्तै छ ब्यथा जिन्दगानी को
समयका पाना पल्टदै गए, सपना सब खरानी भो
अब त अती नै भो, कुनै बेला छाँया ले नै सोध्ला
म सँगै हिंड्ने आखिर तपाईं हो को?

……………कथा मेरो जिन्दगी को
……………कथा सरदर नेपाली को

28 thoughts on “कथा सरदर नेपाली को

Leave a Reply