610 HIKES and counting

Top Stories

Prati

HIKE

अविरल चाहना

एउटा चाहना तिमीलाई आफ्नो बनाउने
अनेक बाहना तिम्रो छेउमा आउने
अन्तष्करणको आवाजमा मात्र तिम्रो नाम छ
ओठका हरेक लवजमा तिम्रै पहिचान छ
म निदाउन खोज्छु ता कि तिमी सपनी बन
म बिउझन खोज्छु ता कि तिमी विपनी बन
अन्जान तिम्रा कुराहरुले मेरो मुटु छुने गर्छ
तिम्लाई नपाउने त्रासमा अतालिने रुने गर्छ
थाहा छैन मैले तिम्लाई चाहेको वा आफैलाई खाएको हो
लाचार आफुलाई हेर्छु लाग्छ म आफैलाई खादैछु
पिडाको आथाह सागरमा डुबेर बाच्ने प्रचेष्टा गर्दैछु
अन्जान तिमीलाई हेर्छु, लाग्छ चाहनाको गहिराइमा जादैछु
सक्दिन मेटाउन तिम्रा स्‍मृतिका पलहरु अनन्तसम्म चाहन्छु
तिमी मृगनयनी होइनौ तर म तिम्रो नयनको मृगतृष्णामा छु
फूलभन्दा तिमी फरक छौ तर म फूल दिने आशमा छु
तिम्रो केश रेशमी छैन तर त्यो केशको छायामा हराउन देउ
गुलबी ओठ नभएपनि त्यस्को प्याला प्युन देउ
जुनजस्तो मुहार नभएपनि तिम्रो उज्यालोले म प्रकाश पाउछु
तिम्रा दन्तलहर मोतिजस्ता छैनन तर तिम्रो मुस्कानको प्रतीक्षामा छु
तिम्रो अस्तित्व होस् नहोस् मेरो अस्तित्व तिमीमा छ
संसारको लागि केही नभएपनि तिमी, तिम्लाई मेरो संसार बनाउने चाहना छ
तिम्रा सम्झनाका तरङ्गहरु खहरे होइनन झरना हुन
जो निरन्तर छचल्किरहन्छ, अविरल अनवरत रुपमा
तिम्रा कल्पनाका लहरहरु खोला होइनन हिमनदी हुन
जुनसुकै मौसममा पनि निरन्तर बगिरहन्छन
नदेउ दुइदिने साथहरु, म तिम्रो काखमा अस्ताउन चाहन्छु
वर्षौपछिको हजारौं वर्षसम्म केवल तिमीमै हराउन चाहन्छु

0 thoughts on “अविरल चाहना

  1. Timi ra Ma lai sarai ghat lageko jasto chha
    katai Timi ra Ma ko कवि sanga kunai releation ta chaina
    katai कवि le Timi ra Ma lai nai ta lekheko haina ,

    🙄

  2. कविलाई प्रणय दीवशले राम्ररी छोएछ
    मैले यो कविता पढिन बरु महसूस गरे
    किनभने यस्मा डुबेर यस्को एक एक शब्द महसूस गर्दा आउने आनन्द अनुपम छ

  3. Superb piece of literature… Nice choice of words!! Keep it up, Prati!!

    Every line is fine tuned, has a differing start, metrically sketched, and at the end defy the negation itself…

    A great way to spell out the within, the other way round…. Loved it.. and keep chipping in more of these.. 🙂

Leave a Reply